दफा ३६
विद्युतीय अभिलेख राख्ने
लक्षित घर परिवारको विवरण, खाद्य असुरक्षामा रहेका घर परिवारको सूची, किसानको पहिचान तथा वर्गीकरण, सहुलियत, छुट, सुविधा तथा अनुदान दिएको विषयको विद्युतीय अभिलेख स्थानीय तह तथा सम्बन्धित निकायले आफ्नो वेबसाइटमा राख्नु पर्नेछ।
३७. अनुसूचीमा थपघट वा- हेरफेर; नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेछ।